२०८२ फाल्गुन २३ , शनिवार

अर्थशास्त्रका नोवेल पुरस्कार विजेताको खोज र जेन जी आन्दोलनले नेपालको आर्थिक बिकासको क्रम भंगको शुरुआत

1760343526-AWBdu

सुनाखरी न्युज/ काठमाडौं ।

विश्व प्रसिद्ध नोवल पुरस्कारको उद्गम देश स्वेडेनबाट आर्थशास्तमा तीनजना अर्थशास्त्रीहरुले २०२५ का लागि संयुक्तरूपमा नोवेल पुरस्कार पाउने आौपचारीक घोषण गरेको छ । जस्मा दुई जना अमेरिकी विद्वान शर्वश्री जोयल मोकिर र फिलिप एगियोन छन भने एकजना  पिटर होविट बेलायती रहेका छन । यी तीन जानमा अमेरिकी मध्ये जोयल मोकिर पुरस्कारको आधि रकम पाउनेछन् भने आधि रकम संयुक्त रुपमा एक अमेरिकी र एक बेलायती अर्थशास्त्रीले पाउने घोषण नोवेल पुरस्कार दिने संस्थाका तर्फबाट निकालिएको विज्ञप्तिमा भनिएको छ ।
यी नोवेल पुरस्कार विजेता अर्थशास्त्रीहरुले विश्वमा खास गरि अल्पविकसित देश र विकासशील देशहरूले मुलुकको आर्थिक र समाजिक प्रगति र उन्नतिका लागि नवप्रवर्धित अर्थात् नविनतम प्रवधिबाट विकाशिल र अर्ध विकसित मुलकहरुले आर्थिक सामाजिक विकासमा फड्को मार्न सक्नेछन् । खोजमुलुक समाज, खोज मुलुक राजनीतिज्ञ, खोज मुलक शोधकर्ता र खोज मुलक कर्मचारीतंत्र न भएमा कुनै पनि देश कुनै पनि समाज आर्थिक र सामाजिक विकासको अवस्था पोखरीको जमेको पानीको सरह हुनेछ ।

यश अर्थमा पुरानालाई विचार र मोडलहरुलाई नयाँ उत्पादनले क्रमशः ध्वस्त गर्दै र विस्थापित गर्दै जान सक्नुपर्छ । यो मोडलले गतिशीलता ल्याउनेछ र दिर्घकालीन रुपमा मुलुक र समाजलाई अगाडि बढाई रहनेछ भन्ने विद्वान अर्थशास्त्रीहरुको निर्कोल रहेको छ । यश अर्थमा नेपाल पनि नोवेल पुरस्कार बिजेता अर्थशास्त्रीहरुले उदघोष गरेको पुराना सोचाइलाई ध्वस्त गर्दै बिस्थापित गर्न गराउन नेपाली जेन जी युवाहरूले अग्रसरता लिनु पर्ने समय आएको छ ।नेपालमा १०४ बर्षे राणा शासनको २००७ सालमा अन्त भए पश्चात् मात्रै आौपचारीक आर्थिक गतिविधि शुरुआत भएको पाईन्छ । यसै कडाइसाथ सन् २०५१ (बिक्रम संवत् २००८ साल) माघ १९ गते नेपालको बार्षिक पाँच करोड पचिस लाखको बजेट नेपाली कांग्रेसका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोईराला सरकारका अर्थमन्त्री सुवर्ण संम्शेरले पेस गरेका थिए । त्यस बखत झन्डै ९० प्रतिशत नेपालीहरु गरिबनै रहेको अनुमान गरिएको छ । नब्बे प्रतिशत भन्दा बढि जनसंख्या नेपालका ग्रामीण क्षेत्रमानै बसोबास गर्दथे । तत्कालीन बेलाको कृषि प्रणाली निर्वाह मुखि थियो । नेपालीको जीवन प्रत्याशा ( life expectancy) चालिस बर्षको हाराहारी थियोे भने साक्षरता जम्माजमी १० प्रतिशतमा सिमीत थियो ।

विश्वमा गरीबीको मापनको आधार सन सत्तरीको मध्यतिर आएर शुरूवात भएको कारण गरीबी मापन नेपालको कृषिमा आधारित जनसंख्यालाई मनन गरेर मुलुकमा गरिबी र पछौटेपनको अनुमान गर्ने गरेको पाईन्छ । नेपाल बहुआयामिक आर्थिकसामाजिक विकासको चरणमा २०४७ सालमा स्थापित प्रतिस्पर्धात्मक बहुदलिय लोकतान्त्रको ढोका खुले पछि मात्र भएको हो । आर्थिक बर्ष २०४७/०४८ मा रु ३६ अरब ६४ करोडको बजेट ब्यवस्था गरि बहुआयामिक बिकासको चरणमा प्रवेश गरेको हो । आर्थिक बर्ष २०४६/०४७ ( पंचायती ब्यवस्थाको अन्तिम बर्ष) मा जम्माजम्मी रु१९ अरब ७१ करोडको बजेट पेस गरिएको थियो । बिक्रम संवत् २०४७ सालमा प्रजातान्त्रिक ब्यवस्थाको पुनरबहाली संगै बनेको नेपाली कांग्रेसको सरकारले नेपालको बार्षिक बजेटमा झन्डै दुई गुनाको वृद्धि भएर गएको थियो । नब्बेको दशकमा विश्वव्यापीकरणको लहरमा नेपाल पनि उभिएर आर्थिक उदारवादी नितिलाई अबलंम्वन गरि आर्थिकरुपमा पंचायती ब्यवस्थाको तीस बर्षे साशनमा जमेको पानीको पोखरीबाट निस्कने प्रयास गरेको थियो ।

बिक्रम संवत् २०४८ सालमा प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक ब्यवस्थाको सरकारको नेतृत्व पनि नेपाली कांग्रेसलेनै गरेको थियोे । नेपालको प्रथम पटकको अर्थात् बिक्रम संवत् २००८ सालमा जारी भएको रु पाँच करोड पच्चीस लाखको बजेटको झन्डै ६९८ गुणाको बजेट आर्थिक बर्ष २०४८/०९ मा लोकतान्त्रिक सरकारले सदन समक्ष पेस गरेको थियोे । लोकतान्त्रिक नेपालको नवप्रवर्धदित बजेट निर्माणको अगुवाइ नेपाली कांग्रेसको सरकारले गरेको थियोे । नेपालको लोकतान्त्रीकरण र नवप्रवर्धनको अगुवाइ गर्दै गर्दा २०४८ पछि २०८२ साल सम्म आउदा न आउदा २८ वटा सरकारहरु सत्ताको कुर्सीमा उक्लििने र ओर्लिनेमै समय बताएका छन् । पैतीस बर्षको शासनकालमा बढिमा ७/८ पटक सम्म सरकारको फेरबदल हुनुपर्नेमा २८ /२८ पटक सम्म सरकारमा आरोहण हुने र केही सिमित नेताहरूको हातमा सरकारको बागडोर रहेको देखिन्छ । पटकपटक सरकारमा पुग्ने र सत्तारुढ भएर राज्यको श्रोतको चरम दोहन गर्ने गरेको पाईन्छ । पैतिस बर्ष सम्म न नेपाली जनताको अपेक्षा, न युवाहरुको ईच्छा, न ईमानदार नेपालीहरुको आकान्छाहरु पुरा गर्न सरकारमा रहेका सत्ताधारीहरुले चासो राखे ।

संघीय संविधान २०७२बाट राज्य संचालन र ब्यवस्थामा व्यापक परिवर्तन भएता पनि सरकारका सेवाहरुको प्रवाहमा खासै उत्साहजनक परिणाम न देखिएकै कारण २०८२ साल भाद्र २३/२४ मा युवायुवती जेन जीहरुको अग्रसरतामा आन्दोलन भई नेपाली कांग्रेस र नेपाल काम्युनिष्ट पार्टी ( एमाले ) को दुई तिहाइ सरकारलाई बिस्थापित गर्न मोर्चा बन्दी बनाएर जेन जीहरु अगाडि बढे । चरम भ्रष्टाचार र आफ्नाहरुलाई राज्यको पदहरुमा निउक्ती दिने र अरुबाट राज्यका पदहरुमा निउक्ति दिन पैसाको मांग गर्ने प्रथा चरमरुपमै बढदै गएका कारणले पनि जेन जी युवाहरू, ईमानदार, निष्ठावान नेपालीहरु पनि यो आन्दोलनलाई प्रत्यक्ष र परोक्षरुपमा भ्रष्ट नेताहरूका बिरुद्धमा मन, कर्म र वचनले जेन जी युवायुवतीहरुका साथमा रहेको देखियो । दुई दिने सघन आन्दोलनबाट एमाले र नेपाली कांग्रेसको दुई तिहाइको संयुक्त सरकार गर्ल्याम गुर्लुम्म भएर ढलेेर गयो । राजनीतिक दलका र सत्तामा रहेका नेताहरू भागाभाग गरेको दृश्य आम नेपालीहरुले संचार माध्यमबाट समेत देखे । नेताहरू आ आफ्ना कोठीहरु छोडेर कोही सेनाको ब्यारेकमा शरण लिन पुगे भने कोही साथी र आफन्तका शरणमा गएका थिए । यो सत्ता र कुर्सी छोडेर जानुपर्ने कारण मुलुकमा चरम भ्रष्टाचार र कुशासननै मुल कारक थियो भन्ने आम नेपालीको बुझाई रहेको पाईन्छ ।

सौभाग्य वस भनौ नेपालका भ्रष्ट नेताहरूले नेपालमै बस्न पाएका छन् । श्रीलंका, बंगलादेश र हिन्दमहासारको टापु युक्त देश मेडागास्करमा त सरकार प्रमुखहरु मुलुकबाटनै पालयन भएका छन आन्दोलनकारीहरुको आक्रमणका कारण । नेपालको जेन जी आन्दोलनका कारण कुशासन र भ्रष्टाचार गर्ने गराउने नेता, कर्मचारी र बिच‍ोलीयाहरुको सातो गएको होकि भन्ने बुझिन्छ । भ्रष्ट राजनीतिक नेता, भ्रष्ट नोकरशाही र मुलुकका हित बिपरित काम गर्ने गराउने बिचोलियाहरु माथि कर्वाही गर्न गराउन ईमानदार, निष्ठावान नेपाली समाजका प्रबुद्ध बर्ग र क्रन्तिकारी युवा जेन जीहरुले सरकारलाई दबाब बनाईराख्नु पर्ने देखिन्छ । मुलकलाई अगाडि बढाउन बिगतका अुनुभव, ईमान्दारीता र निष्ठा भएका नेपालीहरुको सुझाव र सहयोग लिने र दिने वातावरण बनाउन पनि युवा जगत अग्रसर हुनु पर्छ । सामाजिक संचालबाट बिज्ञ र बिद्वत बर्गहरुको पहिचानले सरोकारवालाहरु धोका पनि हुन जाने संभावना रहेको छ । वर्तमानको छनौट प्रकृियालाई गहिरिएर नियाल्दा मधेसको एउटा भनाइले सार्थकता पाएको देखिन्छ । ‘ ताडसे गिरे खजुर पे लटके’ ताडको रुुख ४०/५० फिट अग्लो हुन्छ अनि खजुरको रुख १०/१५ फिट मात्र अल्गो हुन्छ , खजुरको रुखको हांगा विगामा काढै काढा पनि हुन्छ ।

यश कथनले कोही अल्गो रुखबाट झर्‍यो तर जमिनमा न झरी खजुरकै रुखमा मानिस अडकिएर बस्यो । अर्थात् गलत निर्णय हुन गएमा मानिस गन्तव्यमा पुग्न सक्दैन भन्ने कुरा सरोकारवालाहरुले बुझ्न जरुरी छ । नोवेल पुरस्कार बजेता अर्थशास्त्रीले मुलुको आर्थिक बिकासका लागि ध्वन्स ( distruction) पनि जरुरी छ । नेपाल प्रजातान्त्रको मार्ग हुदै संघीय गणतन्त्रमा आउदा नेपाल समाजवाद उन्मुख राज्यमा रुपान्तरण हुने कुरा संविधानको प्रस्तावनामा राख्दैमा नेपाल लोककल्याणकारी राज्य स्थापना किमार्थ हुन सक्दैन भन्ने बिचारलाई स्थापित गरे जस्तो देखिन्छ । यश अर्थमा नेपालले आर्थिकसामाजिक बिकासका लागि २१ ओौ शताब्दीको अधुनिक डिजिटल युगको बिकासको लय समात्नु पर्नेछ । र्टिफिसीयल ईन्टेलिजेन्टको प्रयोगको युगमा नेपाल प्रवेश गरेको संदेश विश्व समुदायलाई दिने र नेपालको संविधानमा प्रत्यक्ष निरवाचित कार्यकारी प्रमुखको चुनाव बालिग मताधिकारको आधारमा बिक्रम संवत् २०८३ को मध्य सम्मा गराई सक्ने संदेश नेपाली जनताका सामु आउनुपर्छ । प्रत्येक्ष निर्वाचित कार्यकारी प्रमुखको ब्यवस्थाले सरकारमा स्थिरता दिने छ । दिर्घकालीन नितिबाट लगानी कर्तामा सकारात्मक संदेश गई नेपालमै रोजगारी श्रजना भई युवाहरूले आफ्नो उद्यममा लगानी गर्ने वातावरण बन्न सक्नेछ । नेपालमा कृषि, पर्यटन, जलविद्युत र निर्यातमुखि देशमा नेपाल रुपान्तरण हुने विश्वास गरिएको छ । भाद्र २३ र २४ गतेको जेन जी को आन्दोलनले सार्थकता पाउने आशा गर्न सकिन्छ ।