
सुनाखरी न्युज/ काठमाडौं ।
पशु सेवा विभाग अन्तर्गत आयात निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिले गरेको निर्णय अनुसार नेपाल सरकार, कृषि तथा पशुपंक्षी बिकाश मन्त्रालय, पशु सेवा बिभाग, राष्ट्रिय पशु आहारा तथा लाईभष्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहरभवन, ललितपुरबाट Kantipur Vet Distributors, Kathmandu लाई जारी गरेको पशुपन्क्षीको फिड सप्लिमेन्ट / प्रोवायोटिक्स / भिटामिन / मिनरल / टक्सिन वाइण्डर नियमानुसार भन्सार शुल्क लाग्ने गरी आयात गर्न दिइएको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका Flocure 10%, Florlutin 45%, Binodox, Levoflox BH, Piperazine लगायतका औषधिहरुको बिबरण उल्लेख गरी विभिन्न भन्सार कार्यालयमा पेश गरी आयात गरेको देखिएको हुंदा उक्त कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि.को बिरुद्द लिखत सम्बन्धी कसुरमा अनुसन्धान गर्ने क्रममा सम्मानित ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिई वारदातमा संलग्न थप प्रतिवादी काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३१, शंखमुल बस्ने वर्ष ५३ का हेमराज बडाललाई केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट काठमाडौंबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०६।३० गते काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.०३, स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको ।