
सुनाखरी न्युज/ काठमाडौं ।
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा प्राप्त हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।