
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल वायुसेवा निगमको काठमाडौं—ग्वाञ्जाओ—काठमाडौं सेक्टरको नियमित उडान तालिका बमोजिम आगामी १६ अक्टोबर २०२५ को काठमाडौं—ग्वाञ्जाओ उडानमा ६८ जना यात्रु तथा १७ अक्टोबर २०२५ को ग्वाञ्जाओ—काठमाडौं उडानमा ४१ जना यात्रुहरुको टिकट बिक्री भइसकेको छ । यसैगरि २३ अक्टोबर २०२५ को काठमाडौं—ग्वाञ्जाओ र २४ अक्टोबर २०२५ को ग्वाञ्जाओ—काठमाडौं उडानमा क्रमशः ९३ र २० वटा टिकट बिक्री भईसकेको छ । नियमित उडान तालिका बमोजिम १९ अक्टोबर २०२५ को काठमाडौं—ग्वाञ्जाओ उडान निगमको आन्तरिक कारणले गर्दा रद्ध गरिएको र सो उडानका सम्पूर्ण यात्रुहरुलाई वैकल्पिक व्यवस्थाबाट व्यवस्थापन गरिएको छ ।
उक्त उडानमा यात्रु संख्या कम भई रद्ध गरिएको भन्ने समाचार केहि संचारमाध्यमहरुमा प्रकाशित भएको प्रति निगमको ध्यानाकर्षण भएको छ । निगमको यो नयाँ गन्तब्य भएको र उक्त सेक्टरको पुर्णरुपमा प्रचार प्रसार भै नसकेको हुँदा यात्रुहरुलाई सुसुचित गर्ने कार्य जारी छ । टिकट बुकिगं बढ्ने क्रम रहेकोले नयाँ सेक्टर प्रवद्र्धनमा निगमलाई सहयोग गर्न सम्पूर्ण संचार जगत लगायत सवैमा अनुरोध गर्दै उडान तालिका बमोजिम को समयमा प¥याप्त टिकट बिक्री हुनेमा निगम को विश्वास रहेको छ । नकरात्मक समाचारले निगमको आफ्नो वजार विस्तार योजनालाई समेत नकरात्मक असर पर्ने हुँदा यस सम्बन्धमा समाचार प्रकाशन गर्दा निगमका आधिकारिक श्रोतबाट जानकारी लिई मात्र सम्प्रेशण गर्नुहुन समेत निगम सम्पूर्णमा अनुरोध गर्दछ ।