
सुनाखरी न्युज/ काठमाडौं ।
मिति २०७९/०९/१० गते Fly Dubai को Flight number FZ0587 बाट नेपाल आएका चिनिया नागरिक राहदानी नं. EJ 6350030 वाहक LI HANSONG ले २ वटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (Vapes) अबैध रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौं हुदै नेपालमा ल्याउदै गरेको अवस्थामा जफत भई त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएकोमा ऐ. कार्यालयका नायव सुब्बा रेवन्त खड्का समेतले आफ्नो जिम्मा र संरक्षणमा रहेको नेपाल सरकारको गोदाम (स्टोर) बाट दुईवटा सुटकेश भित्र ७३ बट्टामा रहेको ७३० थान (सुन सहितको) ईलेक्ट्रिक सिगरेट (Vapes) मा रहेको मूल्य रु.८,५५,२८,३७४/- (आठ करोड पचपन्न लाख अठ्ठाईस हजार तीन सय चौहत्तर) बराबरको सुन वेचबिखन गरी आपराधिक समूह बनाई संगठित रुपमा आपराधिक लाभ लिएको देखिएकोले भन्सार ऐन,२०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेका रबिचन महराको छोरा रोल्पा जिल्ला साविक लिवाङ गा.वि.स. वडा नं.७ घर भई हाल ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.२६ खुमलटार बस्ने बर्ष ६८ को कृष्ण बहादुर महरालाई आज मिति २०८२/०६/२६ गते पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको ।