२०८२ फाल्गुन २४ , आइतवार

जेन-जी आन्दोलनमा प्रहरीको बन्दुक खोसेर भागेका युवक ब्राउन सुगरसहित पक्राउ

genz-banduk-711×400

सुनाखरी न्युज/ काठमाडौँ ।

जेन्जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने व्यक्ती खैरो हिरोइन सहित झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक वडा नम्बर ३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् ।

लिम्बुले भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको हतियार खोसी भिडियो बनाएका थिए । उनले प्रहरीको हतियार बोकेर फोटो खिचेको फोटो भाइरल बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले आदित्यलाई खैरो हिरोइन सहित पक्राउ गरेको बताए । उनले आदित्य सहित आठ जनाको गिरोह लागुऔषध खैरो हिरोइन  ( ब्राउन सुगर ) सहित झापाबाट पक्राउ परेको जानकारी दिए ।