२०८२ फाल्गुन २९ , शुक्रवार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

ramchandra-paudel_IbfD8PHGXV

सुनाखरी न्युज/ काठमाडौं ।

स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररथ छन्।

राष्ट्रपति कार्यालयका अनुसार उनलाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई आजै साँझ डिस्चार्ज गर्ने तयारी गरिएको समेत राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले शनिवारै जेनजी प्रतिनिधिहरूसँग छलफल गरेका थिए । छलफल दुई दिन सारेर उनी अस्पताल भर्ना भएका हुन् ।