२०८२ फाल्गुन २४ , आइतवार

सिरहाबाट दुई क्विन्टल गाँजा बरामद

lagu-ausad-gaja11-1

सुनाखरी न्युज/ काठमाडौं ।

सिरहाबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदीे किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो । यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो । खोला किनारमा गाँजा लुकाउने व्यक्ति वा समूहको खोजी जारी छ ।
रासस