
सुनाखरी न्युज/ काठमाडौं ।
अर्थमन्त्री रामेश्वर खनालले सुनचाँदी ब्यवसाययिका समस्या समाधानगर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री खनालले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

ब्यवसायीसँगको भेटकाक्रममा मन्त्री खनालले ब्यवसायीका समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै छिट्टै यी समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । ‘तपाइँहरुको समस्या मैले बुझेको छु,’ उहाँले भन्नुभयो ‘आवश्यक प्रकृया मिलाएर यसलाई सम्वाधेन गर्न म पहल गर्नेछु ।’ सुनचाँदीका गरगहना जस्तो नेपालको जन्म देखि मृत्युसम्मको संस्कार र संस्कृतिसंग जोडिएको वस्तुलाई होटल र मदिरा जस्तो विलासिताको दर्जामा राखेर लगाइएको २ प्रतिशत थप कर आमउपभोक्तालाई थप भार भई सुनको बजार संकुचन हुँदै गएकोले यथासिघ्र विलासिता कर छुट हुनु पर्ने ब्यवसायीको मागलाई सम्बोधन गरी समस्याको समाधान गर्न म प्रयास गर्छु, ‘उहाँले भन्नुभयो ।
यसक्रममा मन्त्री खनालले ब्यवसायीहरुलाई अनिवार्यरुपमा गोएएमएलमा दर्ता गरिदिन आग्रह समेत गर्नुभयो । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ) ले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिममा रहेको नेपाललाई निगरानी सूची (ग्रे लिस्ट) मा राखेको छ । त्यसवाट छुटकारा पाउन सरकारले यस्तो आग्रह गरेको हो ।
यस्तै मन्त्री खनालले ब्यवसायीहरुलाई अनिवार्य रुपमा वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागमा दर्ता गराउनु पर्ने ब्यवस्था गर्न लागिएको पनि त्यस क्रममा जानकारी गराउनु भयो ।
त्यसअघि सुनचाँदीको मुल्य बिश्वब्यापीरुपमा बढीरहेको विद्यमान अवस्थामा भारतसँगको असमान भन्सार दर समान गर्न र सुनका गरगहनाको बिक्रिमा लगाइएको २ प्रतिशत विलाशिता कर छुटगर्न अध्यक्ष सराइलीले मन्त्री खनालसँग आग्रह गर्नुभयो । चाडवाडको समयमा कच्चा सुनको आपूर्ति पर्याप्तमात्रामा नभइरहेको जनाउँदै अध्यक्ष रसाइलीले दैनिक ४० किलोका दरले सिजर र अफ सिजनमा आधारमा बजारको माग र आवश्यकता अनुरुप मेल खानेगरी बार्षिक रुपमा सुन आयात गर्ने ब्यवस्था मिलाउन पनि मन्त्री खनालसँग आग्रह गर्नुभयो ।
‘हाल दैनिक २० किलोको दरले आयात भैरहेको सुनको कोटालाई बढाएर दैनिक ४० किलो कायम गरिनु पर्ने र त्यसैको आधारमा दैनिक ४० किलो × ३६५ दिन (१वर्ष) गरी वर्ष भरीमा कुल १४ हजार ६ सय किलोमा नवढ्ने गरी बजारको माग र आवश्यकता अनुरुप हुने गरी
सिजन र अफ–सिजनका आधारमा सुन आयात गर्न पाउने ब्यवस्था मिलाइनु पर्दछ; उहाँले भन्नुभयो ।
मन्त्री खनालसँगको भेटका क्रममा ब्यवायीहरुले सुनचाँदी ब्यवसायी राज्यको नीति निमय पालना गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै अनावश्यक, अब्वहारिक र झन्झटिलो नीति लागु नगर्न मनत्री खनालसँग आगूह गर्नुभयो । भेटका क्रममा महासंघका तर्फवाट प्रथप उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बजाचार्य र महानिर्देशक शिव दुवाडी एवं काठमाडौं जिल्ला अध्यक्ष रोहिना शाक्यको उपस्थिति रहेको थियो ।