२०८२ फाल्गुन २३ , शनिवार

टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज जापानसँग खेल्दै नेपाल

nepali-cricket-team-2

सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले आज जापानसँग खेल्दैछ।

नेपाल र जापानबीच शुक्रबार अपराह्न सवा ४ बजे खेल सुरू हुनेछ। ओमानमा आज हुने खेलबाट समूह विजेता र उपविजेताको निर्क्योल हुनेछ।

समूह २ मा रहेको दुवै टोलीले एकरएक खेल जितेर शीर्ष ६ मा स्थान बनाइसकेका छन्। नेपाल र जापान दुवैले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो।

 

जापानले बिहीबार कुवेतले दिएको १७८ रनको फराकिलो लक्ष्य पूरा गर्दै ५ विकेटले पराजित गरेको थियो।

नेपालले  बुधबार कुवेतलाई ५८ रनले पराजित गरेको थियो।

शुक्रबार हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। किनभने यो खेलको अंक सुपर-६ मा पनि गनिनेछ।

छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी-मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी(२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।

सुपर-६ पछि नेपालका लागि विश्वकपमा छनोट हुन शीर्ष तीनभित्र पर्नु पर्नेछ।

 

शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी-२० कपमा छनोट हुनेछ।