
सुनाखरी न्युज/ काठमाडौं ।
अवरुद्ध बीपी राजमार्ग आज शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग असोज १७ र १८ गते आएको अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त बनेको छ ।
विभिन्न स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनको तयारी गरिएको हो । अहिले डाइभर्सन बनाउने र सडक मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार डाइभर्सन निर्माणको काम अन्तिम चरणमा पुगेकाले आज साँझसम्म यातायातका साधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।