
सुनाखरी न्युज/ जनकपुरधाम ।
कांग्रेसले मधेस प्रदेश सरकारमा दाबी पेस गरेको छ । कांग्रेसले तीन दलका ५८ सांसदको समर्थनसहित बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका छन् ।
मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा नदिएपछि एमालेले दिएको समर्थन फिर्ता लिँदै नयाँ सरकार गठनका लागि दाबी पेस गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको अनुपस्थितिमा कार्यालयका निमित्त सचिव सत्रुधन यादवलाई बुझाइएको छ ।
यादवले अहिले आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहमति भए पनि मन्त्रालयको विषयमा टुंगो नलागेको जानकारी दिए । मधेश प्रदेशसभामा १०७ सांसद छन् । तर, लोसपा र एमालेका एकरएक सांसद हाल निलम्बित छन् । सरकार गठनको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
तीन दलले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नयाँ सरकार गठनका लागि दाबी पेस गरेको दाबी प्रस्तुत गरेको पत्रमा उल्लेख गरिएको छ ।
एमालेका २३, कांग्रेसका २२ र जनमतका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गरिएको हो ।