२०८२ फाल्गुन ३० , शनिवार

नेतृत्व नछाड्ने ओलीको स्पष्ट सन्देश

Oli-jpg-54

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा ( एमाले )  का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताएका छन्। अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे।शनिबार भक्तपुरमा आयोजित विद्यार्थीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए । त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको समेत बताए ।

उनले भने, ‘अब २० वर्षसम्म मेरो अवसेन्स हुँदै हुँदैन । पहिले म अलि बिरामी थिएँ । मैले धेरै पटक अपरेसन गर्नुपर्‍यो । २ पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो । अहिले मैले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिराखेको छ । कुनै प्रकारको समस्या छैन । अर्को कुरा अहिले पनि मेरो बुबा लगभग म जत्तिकै तगडा हुनुहुन्छ । अध्यक्ष ओलीले सक्रियता, इमान र विचारको हिसाबले पार्टीको शीर कहिल्यै पनि निहुरिन नदिने पनि बताए । उनले शारीरिकरूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने सुनाए । उनले भने, ‘जबसम्म म सक्छु, तबसम्म । सक्न छाडेपछि नेतृत्व छोडिदिन्छु ।’

जेन–जी विद्रोहका कारण सत्ताच्युत भएका ओलीले सचिवालय र केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूलाई सम्बोधन गरेका हुन् । बाँचुन्जेलसम्म पद छोड्ने नखोज्ने, पदमै टाँसिन खोज्ने प्रवृत्तिलाई आफूले आफ्नो व्यवहारबाट तोड्न चाहेको उनको भनाइ थियो। ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको जिकिर गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्नेसमेत बताए।