
सुनाखरी न्युज/ काठमाडौं ।
प्रहरीको साइबर ब्युरोले एमाले नेता महेश बस्नेतसँग बयान लिइरहेको छ । एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइएको प्रहरीले बताएको छ ।
पहिले प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन मानेको थिएन । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो ।