
सुनाखरी न्युज/ काठमाडौं ।
आइसिसी मेन्स टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा आज नेपालले कुवेतसँग खेल्दै छ।
ओमानमा बुधबारदेखि सुरू हुने खेलमा नेपालले राति ८:४५ बजे कुवेतसँग खेल्नेछ।
यो छनोटबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी(मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन्।
नेपाल समूह २ मा छ। नेपालको समूहमा कुवेत र जापान छन्। समूहको अन्तिम खेल नेपालले शुक्रबार जापानसँग खेल्नेछ।
१७ टोलीले विश्वकप छनोटमा स्थान पक्का गरिसकेको अवस्थामा यो छनोटसँगै आगामी वर्ष टी-२० विश्वकप खेल्ने सबै टोलीको टुंगो लाग्नेछ।