२०८२ फाल्गुन २५ , सोमवार

ओली र लेखकविरुद्ध प्रहरीले जाहेरी लिई कार्की आयोगमा पठायो

Kp-oli-ramesh-lekhak

सुनाखरी न्युज/ काठमाडौं ।
ओली र लेखकविरुद्ध प्रहरीले जाहेरी लिई कार्की आयोगमा पठाएको छ । यसअघि सुधन गुरुङसहित पुगेर सोमबार दिएको जाहेरी लिन अस्वीकार गरेको प्रहरीले सोमबार मध्यराति भएको सुरक्षा प्रमुखहरूको छलफलपछि जाहेरी लिने भएको हो ।

प्रहरीले तत्काल जाहेरी दर्ता भने नगर्ने एक उच्च प्रहरी अधिकृतले बताए । ‘पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले समेत छानबिन गरिरहेकाले तत्काल जाहेरी दर्ता गरेर अनुसन्धान अघि नबढाउने भन्ने भयो,’ ती अधिकृतले भने, ‘यद्यपि जाहेरी प्रहरीले लिएर कार्की नेतृत्वको आयोगलाई जिम्मा लगाउने भन्ने निर्णयमा पुगेका छौं ।’

जेन-जीबाट पूर्वप्रधानमन्त्री ओलीसहितलाई पक्राउ गर्न दबाब बढेपछि सोमबार बेलुकी बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । त्यसक्रममा सुरक्षा प्रमुखहरूले तत्कालै जाहेरी दर्ता र पक्राउ गर्ने बाटोमा जानु नहुने मत राखेका थिए ।

 

जेन–जीको एउटा समूहले मंगलबार  अख्तियार दुरुपयोग अनुसन्धानत आयोगको टंगालस्थित कार्यालय पुगेर प्रमुख आयुक्त राईलाई राजीनामा दिन भन्दै दबाब पत्र बुझाएका थिए । ‘जेन–जी मुभमेन्ट अलायन्स’ नाममा बुझाइएको पत्रमा अख्तियारका सबै आयुक्तको सार्वजनिक सुनुवाइ गरी आवश्यक परे पदमुक्त गर्नुपर्ने भनिएको छ ।