
सुनाखरी न्युज/ काठमाडौं ।
सेयर बजार उच्च अंकले घटेको छ । दशैंपछि खुलेको बजारमा नेप्से परिसूचक ५८.५५ अंक (२.१९ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६०४ अंकमा कायम भएको छ । कुल ४ अर्ब ६२ करोडको कारोबार भयो ।
१६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भयो ।
बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २।०४ र व्यापार १.१७ प्रतिशत घटे ।
भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । नेपाल पुनर्बीमाको ८.५७, माथिल्लो मैलुङखोलाको ७.२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशत घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट छन् ।