
सुनाखरी न्युज/ काठमाडौं ।
पाटनको ऐतिहासिक मूलचोकमा ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ। यो नाच सम्पन्न भएसँगै यस क्षेत्रमा दसैँ पर्व पनि सकिएको मानिन्छ । ठेचोस्थित देवीको घरबाट सुरु भएको यस धार्मिक यात्रामा सहभागी देवगणहरूले परम्परागत पोसाक र मुखुण्डोमा सजिएर मुख्य देवी ( मु द्यः ) , अन्य मुखुण्डोहरू, पोसाक, गहना र खर्पन बोकेर ऐतिहासिक मूलचोकसम्म ल्याएका थिए।
ठेचो नवदुर्गा नृत्य वर्षमा दुईपटक प्रदर्शन गरिन्छ— एकपटक दसैँको अवसरमा र अर्कोपटक योमरी पुन्हीको अवसरमा यो नृत्य गर्ने समूहमा जम्मा ११ नर्तकहरू हुन्छन्। उनीहरूले भैरव, सीमा, धुम्बा, गणेश, बराही, चामुण्डा, भ्रामायनी, महेश्वरी, वैष्णवी, कुमारी र इंद्रायणीको मुखौटा सजिएर नृत्य प्रस्तुत गर्छन्।