
सुनाखरी न्युज/ काठमाडौं ।
बलिउडका बादशाह शाहरुख खान पहिलो पल्ट भारतको अर्बपतिहरूको सूचीमा समावेश भएका छन् । हुरुन इन्डिया रिच लिस्ट २०२५ ले तयार पारेको भारतका धनी व्यक्तिहरूको वार्षिक सूचीअनुसार, ५९ वर्षीय अभिनेताको कुल सम्पत्ति १. ४ अर्ब डलर अनुमान गरिएको छ । यसले उनलाई अर्नोल्ड स्वार्जनेगर, पप स्टार रिहाना, गल्फर टाइगर वुड्स, गायिका टेलर स्विफ्टजस्ता विश्वव्यापी सेलिब्रेटीसँगैको सूचीमा राखेको छ । जसको कुल सम्पत्ति फोर्ब्स पत्रिकाले १. ६ अर्ब डलर अनुमान गरेको छ ।
सूचीमा रहेका अन्य बलिउड कलाकारमा अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन र अमिताभ बच्चन र फिल्म निर्देशक करण जोहर समावेश छन् ।प्रायः रोमान्सका राजा भनेर चिनिने शाहरुख खानले हिन्दी फिल्म उद्योगमा तीन दशकभन्दा बढी समय बिताएका छन् । उनले अभिनय मात्र गरेका छैनन्, आफूलाई एक प्रमुख उत्पादन कम्पनी र क्रिकेट टोलीको मालिकको रूपमा पनि स्थापित गरेका छन् ।
शाहरुख खानको अर्बपति हैसियत मुख्यतया रेड चिलीज इन्टरटेनमेन्ट( उनको उत्पादन कम्पनी ) र नाइट राइडर स्पोर्ट्स ( आईपीएल क्रिकेट क्लब ) मा उनको हिस्सेदारीको कारणले हो ।उनको अन्य आम्दानीमा फिल्मको आम्दानी र विश्वभरका सम्पत्तिहरूमा लगानी रहेको छ ।उनको कूल सम्पत्ति १२ हजार ४९० करोड भारतीय रुपैयाँ रहेको खुलाइएको छ । भारतीय अर्बपतिहरूको सूची हरेक वर्ष एम थ्रि एम हुरुन इन्डियाले १ अक्टोबरमा सार्वजनिक गर्छ । यसपालिको सूचीमा तीन सय ५८ जना बढेका छन् । जसमा रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी शीर्षस्थानमा छन् ।
उनको कूल सम्पत्ति ९ दशमलव ५५ लाख करोड रुपैयाँ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिएका गौतम अडानी दोस्रो नम्बरमा छन् । उनीसँग ८ दशमलव १५ लाख करोडको सम्पत्ति छ । तेस्रो नम्बरमा पहिलो पल्ट महिला उद्यमीले प्रवेश पाएकी छिन् । उनको नाम रोशनी नादर मल्होत्रा हो । उनी एचसीएल टेक्नोलोजीको अध्यक्ष हुन् । उनको कूल सम्पत्ति २ दशमलव ८४ लाख करोड छ । यसपालि भारतमा १६ सय ८७ जना अर्बपतिको सूचीमा समावेश छन् ।
यो वर्ष सस्तोमा खरिदबिक्री भएको हो ।