२०८२ फाल्गुन २३ , शनिवार

सुनको मुल्यमा निरन्तर उच्च रेकर्ड कायम, एकै दिन तोलामा २३ सय बढ्यो

gold

सुनाखरी न्युज/ काठमाडौं ।

सुनको भाउ मंगलबार  तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो । दिनदिनै सुनको मूल्य बढ्दै जाँदा नयाँ रेकर्ड बनिरहेको छ ।

 

चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।