२०८२ फाल्गुन २२ , शुक्रवार

दैनिक एक हजार मेगावाट विद्युत निर्यात, १५ अर्बको विद्युत निर्यात

Bidhut

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङबाट विद्युत् भार प्रेषण केन्द्रको अनुगमन
सुनाखरी न्युज/ काठमाडौं ।

देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा एक हजार मेगावाट निर्यात भइरहेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले अतिरिक्त भएको विद्युत्  निर्यात भइरहेको जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०८२ -८२को साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भएको छ ।
भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री भइरहेको ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ ९भारु०मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।
त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ । प्राधिकरणले भारत र बंगलादेश गरी ११६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ ।