२०८२ फाल्गुन २३ , शनिवार

आज सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

आज सुन तोलामा २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको कीर्तिमान कायम भएको छ ।

आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।