२०८२ फाल्गुन २५ , सोमवार

गुण्डा नाइके सानुभाइ पक्राउ

sanuvai-768x384_NZ9OsOSjPu_jbo0fq4jxntqqhvjsvno33twt1ymsdqa0xsauxwt1hbvmegq37qpcmjsya0p_68Qhm7APV6_wbmslqiu1q86r3r0nu3xmyntuufnu8hktqlcr8hbsihsziudb4ckbu2shrc6

सुनाखरी न्युज/ काठमाडौं ।

‘सानु भाई’ भनिने गुण्डा नाइके युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई प्रहरीले टोखाबाट नियन्त्रणमा लिएको हो काठमाडौंका बालाजु, ठमेल क्षेत्रलाई आधार बनाएर उनी गुन्डागर्दीमा संलग्न थिए ।

आइतबार ( असोज १९)  उनलाई काठमाडौंकै टोखाबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले उनलाई पक्राउ गरेको यहाँका एसपी पवन भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार, एक व्यवसायीलाई फोनमार्फत धम्काएको आरोपमा उनलाई पक्राउ गरिएको हो । गुरुङ विभिन्न अपराधका घटनामा पक्राउ पर्दै र छुट्दै आएका व्यक्ति हुन्