२०८२ फाल्गुन २९ , शुक्रवार

मनसुनी वायु कमजोर हुँदै, नेपालबाट बाहिरिन सुरु गर्‍यो मनसुन

weither

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको जनाएको छ ।

यसैगरी लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको विभागले जनाएको छ ।

 

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो ।

 

तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे ३० तारिख (जेठ १६ गते) नेपाल भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिलो अर्थात् अक्टुबर ६ तारिख (असोज २० गते) देखि बाहिरिन सुरु गरेको हो ।