२०८२ फाल्गुन २६ , मंगलबार

कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाउने तयारी

nepali_congress

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि नै विशेष महाधिवेशन आह्वानको माग गर्दै हस्ताक्षर पेश गर्ने तयारी छ ।

सभापति शेरबहादुर देउवाले यही असोज २६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएका छन् । पार्टी विधानअनुसार विशेष महाधिवेशनका लागि दुई विधि छन् ।

विशेष महाधिवेशन पक्षधर नेताहरुको अनुसार ४० प्रतिशत हस्ताक्षर पुगिसकेको छ ।

महामन्त्री थापा निकट एक नेताले भने, ‘हस्ताक्षर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हुनुपर्ने हो । ६०-६५ प्रतिशत पुर्‍याउन सहजै सकिन्छ ।’

१४ औं महाधिवेशनमा चुनिएका ४ हजार ७४३ प्रतिनिधिबाट विशेष महाधिवेशन माग गर्न १ हजार ८९८ जनाको हस्ताक्षर पुग्नुपर्छ । लिखित रूपमा विशेष महाधिवेशन माग भएको अवस्थामा तीन महिनाभित्र बोलाउनु पर्ने विधानको व्यवस्था छ ।