२०८२ फाल्गुन २९ , शुक्रवार

सामान्य बन्दै काठमाडौंको जनजीवन, देशका विभिन्न स्थानको मौसम अझै प्रतिकुल

Kathmandu_valley_upatyaka

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं उपत्यकामा पानी पर्न रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ । आइतबार  बिहान काठमाडौंमा मधुरो घाम लागिरहेको छ ।

हिजो वर्षा र बाढीका कारण विस्थापित भएकाहरु पनि आ–आफ्नो घरमा फर्किन थालेका छन् । डुबानमा परेका घर, पसलहरु सफा गर्दैछन् ।

 

हिजो बागमती नदीको सतह बढ्दा सुकुम्बासी बस्तीतिरका बासिन्दा विस्थापित भएका थिए । बल्खु, कुलेश्वर लगायत क्षेत्रका तरकारी बजारबाट पनि सामान सारिएको थियो ।

कुलेश्वरको डुबान क्षेत्रमा रातभर डुंगा चलाएर स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो । सुरक्षाकर्मीहरु अहिले पनि उद्धार र सरसफाइमा जुटेका छन् ।

 

मौसमविदहरुले अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । पानी पार्ने प्रणाली कोशी प्रदेशतिर सरेको छ ।