२०८२ फाल्गुन २२ , शुक्रवार

३ दिनसम्म काठमाडौं उपत्यका भित्रिन र बाहिरिन रोक

Kathmandu Boirder

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले ३ दिनसम्म  सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन रोक लगाएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् ।

 

प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।