२०८२ फाल्गुन २३ , शनिवार

नेवार समुदायले मनाए खड्ग (पाया) जात्रा

64

सुनाखरी न्युज/काठमाडौं।

काठमाडौं उपत्यकाका नेवार समुदायले खड्ग जात्रा अर्थात् ‘पाया’ मनाएका छन् । विजयादशमीका दिन नेवार समुदायमा मनाइने खड्ग जात्रा (पाया जात्रा) धूमधामका साथ मनाइएको छ । विजया दशमीका दिन शक्तिपीठमा तन्त्र साधनासहित खड्ग धारणा गरी खडगजात्रा मनाइएको हो ।

यो जात्राको  क्रममा मूलतः यट्खाबाट कंकेश्वरी, टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नील वाराही, र मध्यरातमा तलेजु भवानीलगायतका शक्तिपीठमा गएर जात्रा मनाइने गरिन्छ ।

जात्राका क्रममा खड्ग धारण गरेर टोल परिक्रमा गरिसकेपछि आसुरी प्रवृत्तिको प्रतीक कुभिन्डोलाई खड्गले प्रहार गरी असत्यमाथि सत्यको जित भएको भन्दै जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको नेवार समुदायका अगुवाहरुको भनाइ छ ।