२०८२ फाल्गुन २३ , शनिवार

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट आशीर्वाद लिने क्रम जारी रहने

Dashain-Kathmandu_5

सुनाखरी न्युज/काठमाडौं

आज शुक्रबार एकादशीको दिन पनि काठमाडौँका सडकमा टीका थाप्न जाने र फर्किने मान्छेको चहलपहल छ ।

नयाँ बानेश्वर, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, गौशला, चक्रपथ लगायतका केही ठाउँका चोकमा पालो कुनुपर्ने अवस्था रहेको ट्राफिक प्रहरीले जनाएको छ । हिजो काठमाण्डौ उपत्यकामा निकै कम गाडी चलेकोमा अब बढ्न थालेका छन् ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ ।