२०८२ फाल्गुन २३ , शनिवार

दशैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

dashain

सुनाखरी न्युज/काठमाडौं ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ ।

समितिका अध्यक्ष प्रा।शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११ : ५३ बजे दसैँको टीकाको शुभसाइत रहेको छ ।

देवी विसर्जनको साइत बिहान ९ : २३ बजे रहेको छ । टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ ।

यता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।