२०८२ फाल्गुन २२ , शुक्रवार

लाग्यो दशैं, उपत्यका छाड्नेको लर्को, राजमार्गहरुमा सवारीको जाम

dashain

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालीहरूको मुख्य चाड दशैं मनाउन उपत्यका छाड्नेहरूको क्रम जारी छ ।

उपत्यका बाहिरिने क्रम आइतबार र सोमबार बिहानैबाट झनै बढेको हो ।

 

काठमाडौं उपत्यकाबाट बाहिरने चोकहरू कोटेश्वर, बल्खु, कलंकी, माछापोखरी, बसुन्धारा, चाबहिल, गौशाला लगायतका क्षेत्र हुँदै मानिसहरू बाहिरिएका छन् ।

विभिन्न पेशा–व्यवसाय गरेर बस्नेहरू दसैँ मनाउनका लागि गाउँ फर्किँदै गर्दा विभिन्न स्थानबाट गाडी चढ्नेहरूको लर्को देखिन्छ ।

 

आजदेखि दशैंको बिदा पनि सुरु भएको छ । आज ९फूलपाति० बिहानैबाट विभिन्न बस काउन्टर तथा चोकहरूमा मानिसहरू बाक्लो संख्यामा देखिएका छन् ।