२०८२ फाल्गुन २३ , शनिवार

सुनको भाउ अहिलेसम्मकै उच्च

gold

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको भाउ तोलाको २ लाख २३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

 

महासंघका अनुसार नेपाली बजारमा यो अहिलेसम्मकै उच्च भाउ हो । ८ असोजमा सुनको भाउले २ लाख २३ हजारको आँकडा छोएको थियो । त्यसपछि केही घटेको सुनले आज अर्को कीर्तिमान बनाएको हो ।

सुनको भाउ  शुक्रबारको तुलनामा प्रतितोला ७ सय रुपैयाँ बढेको छ । आज चाँदीको भाउ तोलाको २ हजार ८ सय १० रुपैयाँ पुगेको छ । यो पनि रेकर्ड भाउ हो । शुक्रबारको तुलनामा चाँदीमा प्रतितोला ७० रुपैयाँ वृद्धि भएको छ ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको देखिन्छ ।