२०८२ फाल्गुन २५ , सोमवार

ट्रम्पद्वारा गाजामा शान्ति स्थापनाका लागि २१ बुँदे योजना सार्वजनिक

donald trump

सुनाखरी न्युज/ काठमाडौं ।

गाजामा शान्ति कायम गर्न  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ २१ बुँदे योजना अघि सारेका छन्। वासिङ्टनले सार्वजनिक गरेको यो योजना अरब तथा मुस्लिम मुलुकका नेताहरूसँग दिइएको हो।

समाचार एजेन्सी एएफपीका अनुसार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, इजिप्ट, जोर्डन, टर्की, इन्डोनेसिया र पाकिस्तानलाई यसबारे जानकारी दिइएको छ। अमेरिकाले यो पहलले इजरायलसहित सम्पूर्ण मध्यपूर्वका देशहरूको चासो सम्बोधन गर्ने दाबी गरेको छ।

 

यो प्रस्तावमा गाजामा स्थायी युद्धविराम, प्यालेस्टिनी क्षेत्रमा रहेका बन्धकहरूको रिहाइसहित इजरायली सेनाको फिर्ती र मानवीय सहायताको अबाध आपूर्ति सुनिश्चित गर्ने प्रावधान राखिएको छ।

 

कूटनीतिक स्रोतका अनुसार अरब र मुस्लिम नेताहरूले यसलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूले गाजामा इजरायली कारबाही र कब्जा गर्ने प्रयास अन्त्य गर्न आग्रह गरेका छन्।