२०८२ फाल्गुन ३० , शनिवार

विश्व लेखक सङ्घको दोस्रो अधिवेशन सफलतापूर्वक संपन्न

Santosh

सन्तोष संग्रौला/ मस्को रसिया।

२०, २१ र २२ सेप्टेम्बर २०२५ मस्को को भव्य र विशाल World Trade Center मा World Peoples Assembly को साझा ब्यानरमुनि विश्व लेखक सङ्घको दोस्रो अधिवेशन सफलतापूर्वक संपन्न भएकोछ। यो विश्व सम्मेलनमा ६२ विभिन्न देशका कवि लेखकहरूको सहभागिता रहेको थियो। नेपालको साहित्यिक इतिहासमा यो लेखक अधिवेशनले अति महत्वपूर्ण स्थान लिनेछ भन्ने आशा छ। १९५८ को तास्कन्त अफ्रोएसियन सम्मेलनमा नवोदित मुलुकमा शान्ति र यसका निम्ति साहित्यको अनुवादका विषयमा चर्चा भएको थियो । महाकवि देवकोटाले भाग लिएको त्यस सम्मेलनमा एसिया र अफ्रिकाका प्रतिनिधिहरूको सहभागिता थियो। त्यसले तास्कन्त घोषणापत्र पास गरेको थियो।

यस पटकको महासम्मेलनमा पनि कविहरूले शान्तिका लागि आवाज उठाए। ‘हामी मान्छे एउटै धर्तीका’ (We are people of one planet) भन्ने नारा बोकेको यो सम्मेलनमा नेपालबाट बहुभाषिक कवि सन्तोष कुमार पोखरेलले प्रतिनिधित्व गर्नुभएको थियो। विभिन्न सात गोलमेचमा शान्तिका लागि कविताको अनुवाद कला विषयमा कवि पोखरेलले विशद व्याख्या गर्नुभएको थियो। वहाले तयार गरेको कार्यपत्र अधिवेशनले आफ्नो वेबसाइटमा राख्नेछ।

नेपालमा भएको जेनेरेशन जी को अभूतपूर्व आन्दोलन र युवाहरूको शाहदतको समाचार सबैको चासो र नेपालको चिन्ताको बिषय रह्यो यहाँ सबैमा।
सन्तोष कुमार पोखरेल लाई लेखक अंधिवेशनले कविता साहित्य अनुवादको समितिमा राखेको छ।
कार्यक्रमको अन्त्यमा पत्रकार सम्मेलन भएको थियो र त्यहा कवि पोखरेलले रुसी भाषामा यसो भन्नु भयो,
‘हामी प्रायः लडाईंको मूल कारण राजनीति वा शक्तिमा खोज्छौं। तर हामीले सनातन ज्ञानलाई सुन्ने हो भने, बुझ्न सक्छौं कि युद्धको सबैभन्दा विषालु बीउ मानवको मनमा नै हुन्छस् हाम्रा असुरक्षाका भाव र हीनता बोधको घाउ, अनि वियोगको भ्रम यी तीन कुरा नै युद्धका प्रमुख कारण हुन् ।’
‘यस्तो संसारमा, हामीलाई हाम्रो कर्तव्यको सम्झना कसले दिलाउँछरु’
‘कविहरूले।’

तिनका शव्दले मान्छेका मन छुनु पर्छ, कवि याचना गर्दैनन्स उनीहरूले सत्य प्रकट गर्छन्। उनीहरूले तर्क होइन, अपितु दृष्टिकोण प्रस्तुत गर्छन्। उनीहरूले समाजलाई दया, करुणा र मर्यादाको पाठ सिकाइरहनु पर्छ।

कवि पोखरेललाई यस अधिवेशनमा प्रथम श्रेणीको डिप्लोमाले सम्मानित गरिएको थियो।