२०८२ फाल्गुन २३ , शनिवार

शिक्षामन्त्री महावीर पुनलाई कोठा भेटियो, अव देखि मन्त्रालयमै बस्ने

Mahabir-Pun2025-02-19-19-57-46

सुनाखरी न्युज/ काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन् ।

सपथ लिएर पदभार ग्रहण गरेपछि सोमबार  मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन भनेका थिए ।

 

केशर महलमा नै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

‘कोठा भेटियो । आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ । एक सेट सुत्ने खाने व्यवस्था हुन्छ,’ मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन् ।

 

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ ।