२०८२ फाल्गुन २३ , शनिवार

शेयर बजारमा उल्लेख्य सुधार, २.२३ प्रतिशत बढ्यो

Share Up

सुनाखरी न्युज/ काठमाडौं ।

शेयर बजारमा मंगलबार  उल्लेख्य सुधार आएको छ ।

मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ । ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब २९ करोडको भयो ।

२३८ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो । बजार खुलेपछि दिनभर हरियो रह्यो ।

 

आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३।४८ प्रतिशत बढ्यो । अघिल्लो कारोबार दिन यो समूह ४ प्रतिशत घटेको थियो ।

भदौ २४ गतेको विध्वंसका कारण व्यवसायिक भवन, आवासीय भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो ।

 

त्यहीं मौकामा आज कारोबारी यस समूहमा आकर्षित देखिए ।