
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् ।
उनले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी हुन् ।
सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार मात्रै हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्रीमा सिफारिस गरेकी छन् ।
सिफारिस अनुसार सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।
प्रधानमन्त्री कार्कीले अतिरिक्त स्वास्थ्य सचिव डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी छन् । स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव रहेकी डा. मिश्रा स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखेपछि उनले आइतबार नै राजीनामा दिएकी थिइन् ।
यस्तै पत्रकार खरेलललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरिएको छ ।