
सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा महावीर पुन पनि रहने भएका छन्। प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्। अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छ । पुनलाई विज्ञान तथा प्रविधि मन्त्री शिक्षा मन्त्रालयको समेत जिम्मेवारी दिने प्रष्ट भइसकेको छैन् । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्।
नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए।यस्तै मन्त्रिपरिषद्मा एक जना दलित समुदायको प्रतिनिधित्व गर्ने गरी मन्त्री बनाउन लागिएको छ।
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद्ले मात्र काम गरिरहेको छ। २७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी छैनन् । हाल चार सदस्यीय रहेको मन्त्रिमण्डललाई पूर्णता दिन उनले निरन्तर संवाद गर्दै आएकी छन् । यस क्रममा प्रधानमन्त्री कार्कीले पुनलाई मन्त्रीको प्रस्ताव राखेकी थिइन् ।