२०८२ फाल्गुन ३० , शनिवार

काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुँदा २० जना घाइते

bus-accident-kathmandu

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौंको माछापोखरी नजिकै बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।आइतबार विहान बा ५ ख ५० नम्बरको पैयाँटारबाट रत्नपार्कतर्फ जाँदै गरेको बस काठमाडौं महानगरपालिका – १६ बाइपासमा दुर्घटनाग्रस्त हुँदा २४ जना घाइते भएको प्रहरी वृत्त बालाजुले जनाएको छ।

माछापोखरी बाइपासस्थित उकालो चोकमा बस पल्टिँदा यो घटना भएको हो। स्थानीयका अनुसार मोटरसाइकललाई जोगाउने क्रममा चालकले अचानक बस मोड्दा गाडी सडकमै पल्टिएको थियो।

घाइते यात्रुलाई उद्धार गरी नजिकका अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।