
सुनाखरी न्युज/ काठमाडौं।
भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गरेको सिंहदबारभित्रका मन्त्रालयका भवनहरूमा रंगरोगन गर्न थालिएको छ।
भाद्र २३ र २४ गरेको जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय ,शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायतमा तोडफोड सहित आगजनी गरिएको थियो ।
अर्थ मन्त्रालयको भवनमा बिहीबार बिहानैदेखि रंगरोगन थालिएको छ। यो भवनमा आगजनी भए पनि थोरै क्षति पुगेको छ।