२०८२ फाल्गुन २३ , शनिवार

बिहीबारदेखि पुनः शेयर कारोबार हुने

dhitopatra-board1715334221

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजी प्रदर्शनका कारण बन्द भएको शेयर बजार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो ।

बोेर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो । बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिनुभयो । (रासस)