२०८२ फाल्गुन २३ , शनिवार

आज विश्वकर्मा पूजा, भद्रकाली मन्दिर परिसरमा आफ्नो सवारीसाधन पूजा गर्दै श्रद्धालु

1726550147-zOoKy

सुनाखरी न्युज/ काठमाडौं ।

आज सवारी साधन, कलकारखाना र विभिन्न मेशिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइएको छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको दिन राजधानीको भद्रकालीमा भगवान विश्वकर्माको पूजा गर्न श्रद्धालुहरूको भीड लागेको छ ।

आजका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ ।

कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर विश्वकर्मा पूजा गरिन्छ ।