२०८२ फाल्गुन २६ , मंगलबार

फर्किए प्रचण्ड र माधव नेपाल

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको नियन्त्रणमा राखिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नियमित काममा फर्किएका छन् । प्रचण्डले जलेको केन्द्रीय मुख्यालय पेरिसडाँडाको आज अनुगमन गरेका छन् । माधव नेपालले हिजै केन्द्रीय कार्यालय आलोकनगर सहित ११ ठाउँको अवलोकन गरेका थिए ।उनको सचिवालयका अनुसार पार्टी कार्यालय, आफ्नै घर, कान्तिपुर टेलिभिजन र अरु नेताहरुको जलेको घर अवलोकन गरेका छन् ।

शंकर पोखरेल, प्रेम आले, अग्नि खरेल, झलनाथ खनाल, जीवनराम श्रेष्ठ, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र रघुजी पन्तको जलेको घर अध्यक्ष नेपालले अवलोकन गरे । विपक्षी दलहरुको बैठकका निम्ति त्यहाँ पुगेका प्रचण्ड र माधवलाई त्यहीं सेनाको ब्यारेकमा राखिएको थियो ।‘धेरैले शिवपुरीमा नजरबन्द गरिएको भनेर हल्ला चलाए । कतिपयले भैरवनाथ गणमा राखिएको भने’ स्रोतले भन्यो, ‘तर उहाँहरुलाई एक दिन सिंहदरबारमा राखिएको हो। भोलिपल्टदेखि आफन्तको घरमा बस्दै आउनुभएको छ ।’ अहिले प्रचण्ड र माधव नेपालले आफन्तको घरमा शरण लिंदै आएका छन् ।