२०८२ फाल्गुन २३ , शनिवार

जेनजी प्रदर्शनमा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

जेनजी प्रदर्शनको क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि २७ शव आफन्तले बुझेर लगेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।भदौ २४ मा आन्दोलनकारीको आक्रमणमा परेर मृत्यु भएका ३ जना प्रहरीको शव पनि आफन्तले बुझेका छन् । शिक्षण अस्पतालमा अब १९ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । ५ शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन् । मन्त्री अर्यालका अनुसार प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका १२ जनाको पहिचान खुलेको छ ।