२०८२ फाल्गुन २३ , शनिवार

नेपाल टेलिकमद्वारा हुम्ला जिल्लाको सर्केगाड तथा चंखेली गाउँपालिकामा 2G र 4G सेवा

4G Humla (2)

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-१ मा 2G र 4G सेवा यही मिति २०८२ भाद्र २५ गतेबाट सञ्चालनमा ल्याएको छ । 4G सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू गुणस्तरीय 4G सेवाबाट लाभान्वित भएका छन्। हुम्ला जिल्लाकै चंखेली गाउँपालिका-६ मा पनि नेपाल टेलिकमले यही भाद्र २७ गते बाट 2G र 4G सेवा सञ्चालनमा ल्याएको छ । 4G सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं. ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले गुणस्तरीय 4G सेवाबाट लाभान्वित भएका छन् । नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ।