२०८२ फाल्गुन २६ , मंगलबार

बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

548213824_10234454310331584_7533413437143271157_n-1757836213

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ । भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जलेको अवस्थामा शनिबार छ वटा शव भेटिएका छन् । शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ ।”
रासस