सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई छोड्न थालेको छ ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले सुरक्षार्थ ब्यारेकमा लगेको थियो ।
आजबाट भने घर फर्कन दिइएको निर्वतमान एक मन्त्रीले बताए ।
सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो ।
त्यस मध्ये भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले छोडेको छ ।