२०८२ फाल्गुन २३ , शनिवार

नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष रसाईलीलाई पत्नी शोक

Nita

सुनाखरी न्युज/ चितवन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीलाई पत्नी शोक परेको छ ।

उहाँकी श्रीमती नीता रसाईलीको ४८ वर्षको उमेरमा भदौ २३ गते सोमवार निधन भएको हो ।

उहाँको पार्थिव शरीरलाई सोमवार दिउँसो २ बजे पवित्र तिर्थस्थल देवघाटमा दाहसंस्कार गरियो ।

उहाँ लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो।

स्वर्गीय रसाईलीको एक छोरा अर्बिन रसाईली हुनुहुन्छ।