
सुनाखरी न्युज/ काठमाडौं ।
खाद्यवस्तुको मौज्दात पर्याप्त
आन्दोलनका वावजुत पनिखाद्यवस्तुको मौज्दात पर्याप्त रहेको ब्यवसयाीले बताएका छन् ।
खाद्य वस्तुमा कुनै समस्या नभएकाले मूल्य पनि नबढ्ने ब्यवसयाीको दाबी छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि २८ हजार टन खाद्यान्न मौज्दात छ । जसले गर्दा अभावको समस्या नआउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जनाए ।
व्यवसायीका अनुसार तरकारी बजारमा पनि चहलपहल बढ्न थालेको छ । उपत्यकाको करिब ७० देखि ७५ प्रतिशत माग धान्दै आएको कालिमाटी फलफूल तथा तरकारी बजारमा बिहीबार करिब २५ प्रतिशत कारोबार भएको छ । बिहान १० बजेसम्म बजार खुलेपछि तरकारी बजारमा कारोबार बढेको छ ।
व्यवसायीका अनुसार सार्वजनिक सवारीसाधन नचल्दा किसानले तरकारी टिपेनन् । सोही कारण बुधबार तरकारी बजारमा तरकारी आएन । बिहीबार केही खुकुलो भएकाले शुक्रबारदेखि कारोबार हुने महासंघको भनाइ छ ।
अत्यावश्यक वस्तुका रूपमा रहेको दुग्ध पदार्थको आपूर्ति सहज बन्दै गएको छ ।