२०८२ फाल्गुन २४ , आइतवार

संसद्‌बाटै निकास खोज्न राष्ट्रपति र प्रधानसेनापतिलाई दलहरूको सन्देश

Army Chief and Poudel

सुनाखरी न्युज/ काठमाडौं ।

राजनीतिक दलहरूले प्रतिनिधिसभाबाटै समाधान खोज्न नेपाली सेनालाई सुझाव दिएका छन् । केही युवा नेताहरूले प्रधानसेनापति अशोकराज सिग्देलसमक्ष अहिलेको गणतान्त्रिक व्यवस्थालाई कायम राख्दै संसद्‌बाटै निकास निकाल्नुपर्ने सन्देश दिएका हुन् ।

‘जंगीअड्डाबाट जेजनी प्रतिनिधिसँग मात्र अहिले संवाद भइरहेको छ, तर त्योभन्दा ठूलो र संगठित शक्ति अझै बाहिरै छौं,’ एक नेताले  भने, ‘यस्तोमा परम्परागत शक्तिलाई बाइपास गरेर हुने कुनै पनि निर्णयले स्थायित्व दिँदैन ।’ त्यही सन्देश नेपाली सेनाको जंगीअड्डालाई दिइएको स्रोतले बताएको छ ।

 

स्रोतका अनुसार, ती नेताहरूले अहिलेको व्यवस्थालाई जोगाएर जेनजीको माग पूरा गर्ने सन्दर्भमा आफूहरू जे गर्न पनि तयार रहेको बताएका छन् ।

 

 

रास्वपा सांसद् सोबिता गौतमले संसद् विघटन गर्नु जनताको सर्वोच्चता संकट पर्नु भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । यद्यपि, सांसद् तोसिमा कार्कीले चाहिँ संसद् विघटन हुनुपर्ने अभिव्यक्ति दिएकी थिइन् ।

 

नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले बिहीबार दिउँसो विज्ञप्ति जारी गरेर संवैधानिक बाटोबाटै देशलाई निकास दिने प्रयास गर्ने बताएका छन् ।